अब दराजमा सामान किन्नुअघि प्रत्यक्ष प्रसारण हेर्ने मौका

काठमाडौं । दराजले दक्षिण एसियाको पहिलो शप योग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ बुधबारदेखि सुरु भएको घोषणा गरेको छ । दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भागको रूपमा पेस गरिएकाे हाे ।

यसमार्फत ग्राहकहरुको लागी पारस्परि, वास्तविक अनुभव दिलाउनको लागि खुद्रा बिक्री र मनोरञ्जनको समिश्रणमा ध्यान केन्द्रित हुने  साथै ग्राहकहरु घरै बसी ब्रान्ड, उत्पादनहरुको विस्तृत जानकारी पाउन सकिनेछ । दराज लाइभ स्ट्रीम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबारदेखि शुक्रबारसम्म दिनमा तीन फरक समयावधिमा आयोजना गरिनेछ ।

ग्राहकहरुले दिनमा १२, ४ र ६ बजे दराज एपमार्फत लाइभ हेर्न पाउनेछन् । दराज लाइभ सामाजिक मिडिया लाइभ स्ट्रिममा हुने प्रत्यक्ष प्रसारण भन्दा अलि फरक र पृथक हुनेछ र ग्राहकहरुको लागि एक धेरै सहज र अन्तरक्रियात्मक ‘सी नाउ बाई नाउ’को अवधारणा पेस गर्नेछ । दराज लाइभ मार्फत ग्राहकहरुले किनमेलको साथसाथै सामानहरूको विस्तृत जानकारी र मनोरञ्जनात्मक कार्यक्रमको अनुभव प्राप्त गर्ने सक्ने दराजले जनाएको छ ।

दराज लाइभको प्रत्यक्ष प्रसारणको प्रत्येक संस्करणमा ग्राहकहरुलाई ब्रान्डको बारेमा जानकारी संकलन गर्नको लागि  अवसर प्रदान गर्ने दराजले जनाएको छ । ग्राहक र बिक्रेताले रियल टाइम कुराकानीमा संलग्न हुने  अवसर पाउने छन्। दराज लाइभको बारेमा अधिक जान्नको लागी तल दिइएको लिंकमा क्लिक गर्न सकिनेछ । https://click.daraz.com.np/e/_6xgjL

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =