पहिरोमा परेर पोखरामा तीनको मृत्यु, १ बेपत्ता

पोखरा । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर पोखरामा ३ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा २० भलामका दुई जनाको मृत्यु भएको हो ।

भलामका कृष्ण श्रेष्ठको ब्लकले बनाईएको एकतले घर माथीबाट पहिरोले पुर्दा ४५ बर्षिय कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ बर्षिय सुनमाया तामाङको मृत्यु भएको हो । उनीहरुका ३ बर्षिय छोरा बेपत्ता छन् ।

त्यसैगरी, पोखरा ११ का लक्ष्य नेपालीको एकतले कच्ची घरमाथिबाट पहिरो आई घर पुरिदा ४२ बर्षिय लक्ष्य नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । उनकी १४ बर्षिया छोरी सृष्टी नेपालीको दुबै खुट्टा र ढाडमा चोट लागेको छ । पोखरा ११ बसेरी स्थित एकदेब तिमिल्सिनाको घर पुरिदा तीन जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको कास्की प्रहरी प्रबक्ता डीएसपी सुवास हमालले बताए ।

पोखरामा केही वर्षयता अस्वभाविक वर्षा भैरहेको छ । यहाँको जमिन निकै कमजोर छ । जमिनभित्रको चुनसँग पानी मिसिँदा ठाउँठाउँमा भासिएको छ । पोखराभरीका सडकमा खोला बगेको थियो । पोखरा ५ स्थित फिर्के पुल बगाएको छ भने विभिन्न छोरेपाटन, कमलपोखरी, लेखनाथ क्षेत्रमा डुवान भएको छ । अहिले भने जोखिम कम भएको प्रहरीले जनाएको छ । वितेको २४ घण्टामा २२१.४ मिलिमिटर पानी परेको हावापानी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *