पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला सुरु

काठमाडौँ । पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७८  सुरू भएकाे छ  । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार भर्चुअल माध्ययमबाट मेलाकाे उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मेलाबाट कोरोना महामारीका कारण अस्थिर रहेको अर्थतन्त्रलाई उकास्न उद्यमशीलता र आर्थिक विकासमार्फत टेवा पुग्ने बताएका छन् ।

महासंघकी अध्यक्ष रिता सिम्हाले भर्चुअल माध्यमले महिला उद्यमीका उत्पादन विक्रिका लागि र्पयाप्त अवसर प्रदान गर्नुका साथै सञ्जाल निर्माण तथा शिप तथा ज्ञानको आदानप्रदानमा समेत मद्दत पुग्ने बताइन् । नयाँ उत्पादन, सेवा तथा प्रविधिहरुलाई सँगै जोडेर प्रभावकारी प्लेटफर्मको सृजना गर्दै सरोकारवाला तथा महिला उद्यमीहरु विच सम्वन्धको स्थापना र सञ्जालिकरण निमार्णमा समेत मेलाबाट प्रोत्साहन पुग्ने उनको भनाइ छ ।

‘अहिले आम नागरिकको दैनिकी डिजिटल बजारतर्फ आर्कषण भइरहेकाले आयोजना गर्न लागिएको र मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा देशका विभिन्न स्थानबाट उत्पादन भएका वस्तुको बजारीकरणमा बल पुग्नेछ,’ उनले भनिन् ।

त्यस्तै, महासंघकी प्रथम उपाध्यक्ष नीरु रायमाझी खत्रीले महिला उद्यमीहरुको हौसला बढाउन र अन्तर्राष्ट्रिय बजारमा देशभर उत्पादन भएका वस्तुको व्यवसायलाई बढावा दिन भर्चुअल माध्यमबाट वस्तु तथा सेवाको प्रदर्शनी, प्रवद्र्घन, बजारीकरण र विक्रिका लागि एक साझा स्थल निर्माण भएको बताएकी छन् ।

महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले महिला आर्थिक तथा सामाजिक सशक्तिकरण र रुपान्तरणका निम्ति पैरवी, वकालत, संजाल विस्तार, सूचनाको प्रवाह, क्षमता अभिवृद्वि र बजारीकरणमा मेलाले टेवा पुर्याउनेमा जोड दिइन् ।

महिला उद्यमशीलतामार्फत राष्ट्रको आर्थिक विकास, गरिवी निवारण, सामाजिक तथा आर्थिक सवालका सबै क्षेत्रमा महिला सहभागिता र सशक्तिकरणमा समेत जोड पुग्ने उनको दाबी छ ।

भाद्र २१ सम्म चल्ने मेलामा हस्तकलाका सामानहरु, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, काष्ठजन्य वस्तुहरु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाहरुका स्टलहरु हुनेछन् ।

मेलामा जम्मा ८० स्टलहरु रहेका छन् । ती मध्ये ५७ महिला उद्यमीहरुका स्टल र ३० जिल्ला महिला उद्यमी संघहरुलाई प्रतिनिधित्व गर्ने स्टल रहेका छन् । सधै झै दुईवटा स्टलहरु अग्नि पीडि़त र सामाजिक रूपले सीमान्तकृत महिला उद्यमीहरुलाई सीप प्रदान गर्ने संस्थालाई निःशुल्क प्रदान गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =