सानिमा इक्विटी फण्डले ३३ प्रतिशत लाभांश बाँड्ने

काठमाडौँ । सानिमा इक्विटी फण्डले आफ्ना लगानीकर्तालाई ३३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको सानिमा क्यापिटलको सञ्चालक समिति बैठकले यसतो निर्णय गरेको हो ।

सानिमा बैंक लिमिटेड प्रबद्र्धन गरेको उक्त कोषको व्यवस्थापक भने सानिमा क्यापिटल रहेको छ । गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कोषका इकाईका लगानीकर्ताहरुलाई ३३ प्रतिशत लाभांश दिने भउको हो ।

१ अर्ब ३० करोड रुपैयाँको उक्त कोषबाट ३३ प्रतिशत लाभांश दिँदा करसहित ४२ करोड ९० लाख रुपैयाँ प्रतिफलका रुपमा वितरण गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *