सरकारी कार्यालयको वेबसाइट व्यवस्थापन सम्बन्धी निर्देशिका जारी

काठमााडौँ । सरकारले सरकारी कार्यालको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गर्दै निर्देशिका जारी गरेको जनाएको छ ।
उक्त निर्देशिकाले सरकारी कार्यालयले अनिवार्य वेबसाइट निर्माण गरी सरकारी कार्यालयको वेबसाइटमा राखिने विषयवस्तु, वेबसाइटको निर्माण तथा प्रकाशन, वेबसाइटको प्रचार प्रसार, वेबसाइटको मूल्यांकन, अद्यावधिक गर्ने, सुरक्षा परीक्षण गर्ने, सहयोग, समन्वय र अनुगमन गर्ने, जस्ता प्रावधान समेटिएको छ ।
निर्देशिकामा कार्यालयका सम्पूर्ण परिचय, कर्मचारीको विवरणसहित फोन नम्बर, सूचना, टेन्डर, कामसँग सम्बिन्धित लिंक र तथ्यांकहरु, वार्षिक प्रतिवेदन, बजेट र योजनासँग सम्बन्धित कागजातहरु समावेश गर्नुपर्ने उल्लेख गरेको छ ।
त्यस्तै कार्यालयले वर्षमा एक पटक सूचना प्रविधि विभागबाट आफ्नो वेवसाइटको सुरक्षा र विश्वसनियताको परीक्षण गराउनु पर्ने समेत उल्लेख गरिएको छ ।
निर्देशिका जारी भएसँग अब सरकारी कार्यालेका वेवसाइटमा राखिने सूचना तथा तथ्य विश्वसनीय हुने, अद्यावधिक हुने र प्रभावकारी हुने विश्वास गरिएको छ ।









