करिष्माले भित्र्याइन् इन्टेक्स ब्रान्डका इलेक्ट्रोनिक्स

काठमाडौँ । इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अब नेपाली बजारमा पनि पाइने भएको छ ।

नेपालका लागि आधिकारीक बिक्रेता रिसिक ट्रेडिङ कन्सर्न प्रालिले इन्टेक्स ब्रान्डका सामान गुणस्तरीय र भरपर्दो रहेको जनाएको छ । यस कम्पनीले हरेक परिवारका लागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु उत्पादन गर्दै विश्व बजारमा उपलब्ध गराउँदै आएको छ ।

नेपाली सिने जगत्की चर्चित नायिका करिष्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी हुन् । रिसिक ट्रेडिङ कन्सर्नकी म्यानेजिङ डाइरेक्टरसमेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अब इन्टेक्सलाई नै रोज्नेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

२५ बर्ष अघिबाट यस ब्राण्डका सामानहरु विश्व बजारमा आए पनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो ।

८ वर्षअघि यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको र सन् २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्राण्डका अन्तर्राष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताए ।

इन्टेक्स ब्राण्डका सामानको एक वर्षदेखि १० वर्षसम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिए । नेपालमा आधिकारिक रुपमा भित्रिएको उक्त ब्राण्डलाई नम्वर १ बनाउने प्रयासमा आफूहरु रहेको उनले जानकारी दिए । देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको छ ।

‘हाम्रो उद्देश्य भनेको बेस्ट क्वालिटीका सामान उपभोक्तालाई दिनु हो,’ इन्टेक्स ब्राण्डका कन्ट्रि म्यानेजर विनय जोशीले भने, ‘हाम्रा ब्राण्डका सामान प्रयोग गर्ने कुनै पनि उपभोक्ताले पछुतो मान्नुपर्ने छैन । हामीले राम्रो सामान सही मूल्यमा उपभोक्तलाई उपलब्ध गराउँदै आएका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =