झिनो अकंले बढ्यो नेप्से, सवा ९ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) १.१८ अंकले बढेको छ ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.०४ प्रतिशतले बढेर २९७७.०२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ०.१६ अंकले बढेर ५५०.६९ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ वटा उपसमूहको सूचक बढेका छन् भने बाकि सबै घटेका छन् ।

त्यस्तै, २ सय २६ कम्पनीका १ करोड ७१ लाख ८२ हजार ८ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५४ रुपैयाँको खरिद बिक्री भएको छ ।

यस दिन रुरु जलबिद्युत परियोजना लिमिटेडको सेयर मूल्य साढे ७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *