साइँला दाइको कथामा दिनेशको ‘लखर लखर’ (भिडिओ)

काठमाडौँ । तीज बिस्तारै आधुनिकता तर्फ ढल्किँदै छ । पहिला पहिला विरहको गीत गाइनेमा आजभोलि हिन्दी गीत बजाएर हातमा वाइन लिएर ‘दर’ खानेको जमात पनि ठुलै छ । महिलाको यी परिवर्तित सोचलाई समेटेर तीज आसपासमा दिनेश गौतमले रमाइलो गीत गाएका छन् । तीज गीत नै नभए पनि तेजमा नाच्नका लागि रमाइलो बन्न सक्छ गीत ‘लखर लखर’ ।

‘लखर लखर’ गीतमा केही फरक प्रयोग समेत गरिएको गायक दिनेश बताउँछन् । एकै गीतमा एउटी भिडिओ राखेर गायक र गायिकाको भिन्न भिन्न आवाज दिइएको छ । पुरुष आवाज दिनेशको रहेको छ भने अनु सिंहले पहिलो पटक नेपाली गीत गएकी छन् । उनी भारतबाट आएकोले उनको गीतमा केही मात्रामा हिन्दी टोन आएको अनुभूत गर्न सकिन्छ ।

त्यस्तै, पुरुष स्वर रहेको गीतमा महिला मोडलले लिप्सिङ दिएकी छन् । एउटा पहिरन सारीमा स्पोर्ट्स सुज गरिएको छ । सानो सानो भिन्नै प्रयोग गरेर गीतलाई रमाइलो बनाउने प्रयास निर्माण टिमले गरेको छ ।

https://www.youtube.com/watch?v=03Ksu8bref4

किशोर किशोरीको समूह भेला भएर एक अधबैँसे साइला दाइलाई जिस्क्याउँदै छन् । हालसम्म अविवाहित रहेका उनको लाहुर जाने तयारी माथि अल्लारे ठिटा ठिटीले व्यङ्ग्य गर्दै जिस्क्याई रहेका छन् । धर्मसँग डराउने साइला दाइलाई गीतमा खुलेरै जिस्क्याइएको छ । यस्ता ‘साइला दाइ’ पात्र प्राय समाजमा एक दुई जना पाइन्छ नै ।

किशोर किशोरीको मन तान्ने बनेको भिडिओ टिकटकमा चर्चित हुँदै छ । यसअघि समेत दिनेशले यस्तै नचाउने गीत ‘घर बनाउला बाँसै काटेर’ सार्वजनिक गरेका थिए ।

गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन् । पुस्तक प्रसादको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । देव धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओ राजश्री इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ । भिडिओमा विजय राज भुर्तेल रन्जिता विश्वकर्मा लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *