कास्की कांग्रेसले वडा अधिवेशन भदौ १८ मै गर्ने

पोखरा । नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनको संघारमा छ । केन्द्रीय समितिले वडादेखि केन्द्र सम्मको अधिवेशन मिति तोकिसकेको छ ।

तर केही जिल्लाहरुमा अधिवेशन तोकिएकै समयमा हुने शंका छ । कास्कीले भने १८ गते नै वडा अधिवेशन टुंग्याउने निर्णय गरेको छ । कांग्रेस कास्कीको पदाधिकारी र निर्वाचन समितिको बैठकले पूर्वनिर्धारित मितिमै अधिवेशन सक्ने निर्णय गरेको हो ।

निर्वाचनको लागि रामचन्द्र पौडेल (विमल)लाई निर्वाचन अधिकृतको रुपमा तोकिएको छ । उनी मंगलबार नै पोखरा आइसकेका छन् । सबै वडाहरुमा भदौ १७ गते बिहीबार साँझसम्ममा मतदान अधिकृत र निर्वाचन सामग्री पुग्ने कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । कास्कीका ७२ वडाबाट २ हजार १९ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *