एक वर्षमा साढे ६१ अर्बको धितोपत्र जारी गर्न अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत आर्थिक वर्ष २०७७/७८ मा कुल ६१ अर्ब ६६ करोड ८० लाख रुपैयाँको धितोपत्र जारी गर्न अनुमति दिएको छ ।

विभिन्न ६१ कम्पनीले उक्त धितोपत्र निष्कासन तथा बिक्रीका लागि बोर्डले अनुमति दिएको हो ।

यस मध्ये बोर्डले २२ कम्पनीलाई १५ अर्ब १७ करोड ८३ लाख रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्काशन(आईपीओ) जारी गर्ने अनुमति दिएको छ ।

त्यस्तै, विभिन्न ७ कम्पनीलाई १४ अर्ब ४ करोड ९७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको छ । ९ कम्पनीलाई ९ अर्ब ४० करोड रुपैयाँ बराबरका सामुहिक लगानी कोष(म्युचुअल फण्ड)का इकाइ बिक्री गर्न अनुमति दिएको छ ।

त्यस्तै विभिन्न २३ ओटा बैंकलाई कम्पनीले २३ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) जारी गर्ने अनुमति दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *