दराजले गर्‍यो नयाँ ड्रप अफ पोइन्ट्सको घोषणा

काठमाडौँ । दराज अनलाइन बजारले ग्राहकहरूका लागि अनलाइन सपिङ्गलाई थप सुविधाजनक बनाएको छ ।

आईएमई पेसँगको साझेदारीमा दराजले देशका विभिन्न भागहरूमा नयाँ ड्रप अफ पोइन्ट्स प्रारम्भको घोषणा गरेको छ ।

यस साझेदारीको माध्यमबाट, चयन आईएमई पे हब दराज ग्राहकहरूका लागि ड्रप अफ पोइन्ट्सको रूपमा कार्यमा आउने र सामान फिर्ता गर्नका लागि सुविधाजनक उपाय प्रदान गर्ने दराजले जनाएको छ ।

ग्राहकहरू अब केवल आफ्नो निकटतम् आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरू सजिलैसँग फिर्ता गर्न सक्ने दराजले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =