राजकुमार रावलाई अनुहारको माया

एजेन्सी । भारतीय अभिनेता राजकुमार राव आज ३१ अगस्टमा आफ्नो ३७ औँ जन्मदिन मनाइरहेका छन् । जन्मदिनमा उनका परिवार, साथीभाइ र दर्शकले शुभकामना दिइरहेका छन् । जन्मदिनमा उनीसँग सम्बन्धित केही किस्साको आज हामी चर्चा गर्दैछौँ ।

कक्षा ११ मा कलाकार बन्ने निर्णय
राजकुमारले एक अन्तर्वार्तामा आफूले कक्षा ११ मा हुँदा आफू अभिनयमा नै जम्ने निर्णय गरेको बताएका छन् । उनको कक्षा ११ मा हुँदा एक युवतीसँग प्रेम परेको थियो । उनलाई उक्त युवती साहरुख खानको चलचित्र ‘कुछ कुछ होता है’ की अञ्जली झैँ लाग्थ्यो । ती युवती अञ्जलीले झैँ बास्केटबल खेल्ने राजले बताएका छन् । उनी पहिलाबाट नै साहरुखका  फ्यान थिए । यहाँ उनले अञ्जलीलाई समेत भेटेका थिए । तर दुःखको कुरा अञ्जलीले राजलाई भन्दा पहिला नै अमनलाई आफ्नो दिल दिएकी रहिछन् ।

अनुहारको माया
उक्त युवतीले राजलाई समेत डेट गरेको थाहा पाएर उनका प्रेमी २५ जना साथी बोकेर राजलाई मार्न आएका थिए । उक्त समय उनलाई अब झगडा गर्नु हुँदैन भन्ने लाग्यो । किनकि उनलाई कलाकार बन्नु थियो । उनी भन्छन्, ‘२५ जनाले मलाई कुटिरहेका थिए । म चुपचाप बसिरहेको थिएँ । कतिले त बन्दुक निकालसमेत भन्दै थिए । मसँग पन्जावी साथी थिए, जसले मलाई पिटेको देखेर बरु आफूहरूलाई पिट्न‚ तर मलाई नपिट्न आग्रह गरिरहेका थिए । उक्त समयमा मैले मेरो अनुहारमा भने प्रहार नगर भनेको थिए । तपाईँलाई गफ दिएजस्तो लाग्ला तर यो सत्य हो । किनकि मलाई कलाकार बन्नु थियो । मेरो कुरा सुनेर त्यहाँ भएका सबै मान्छे हाँस्न थालेका थिए ।’

राजकुमारले सन् २०१० मा चलचित्र ‘लव सेक्स और धोखा’ मार्फत् बलिउडमा डेब्यू गरेका हुन् । त्यसपछि उनले ग्याङ्ग्स अफ वासेपुर, सहिद, सिटिलाइट्स, ट्रयाप्ड‚ लुडोजस्ता चलचित्रमा काम गरेका छन् । यस वर्ष मात्रै उनका दुई चलचित्र प्रियङ्का चोपडा र जाह्नवी कपुरसँग अभिनय गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *