नेप्सेमा पहिराे : ३ हजारबाट ओर्लियो परिसूचक, सबा १३ अर्बकाे काराेबार

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार परिसूचक (नेप्से) ६९.५ अंकले घटेको छ ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक २.२७ प्रतिशतले घटेर २९७५.८४ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने १२.३४ अंकले घटेर ५५०.५२ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचक घटेका छन् ।

त्यस्तै, २ सय २७ कम्पनीका २ करोड ३१ लाख ९ हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १ सय ७ रुपैयाँको खरिद बिक्री भएको छ ।

यस दिन कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य साढे ७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *