त्रिशुली नदीमा जिपलाइन

चितवन । पर्यटन प्रवर्द्धनका लागि त्रिशूली नदीमाथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका-१ बुट्टार जोड्ने स्थानमा रिभर फन बिच रिसोर्ट बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले दुई करोड रुपैयाँको लागतमा जिपलाइन निर्माण भइरहेको रिसोर्टका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले बताए ।

हाल उक्त जिपलाइनको काम ४० प्रतिशत सम्पन्न भइसकेको छ । गत फागुन ४ गतेदेखि निर्माण सुरु गरिएको जिपलाइनको कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएपछि निर्माणमा ढिलाइ भएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना मगरले जिपलाइन निर्माणसँगै आन्तरिक पर्यटनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । उनले यहाँको पर्यटन विकासका लागि ढुक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रहसमेत गरेका छन् ।

गाउँपालिकाले सबै प्रकारको व्यवसाय सञ्चालनका लागि सुरक्षालगायत सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *