प्रिय मीना बेगम… -नाजिर हुसेन

काठमाडौँ । भावुक कलाकारको रूपमा चिनिन्छन्, कलाकार नाजिर हुसेन । अझ आमाको विषय आउना साथ उनी अझ बढी भावनात्मक हुन्छन् । आमालाई सम्झिएर उनले कविता समेत लेख्ने गरेका छन् ।

आमाको धेरै नजिक थिए उनी । तर अफसोस अहिले उनकी आमा भौतिक रूपमा उनको सामु छैनन् । तरका मन र यादमा भने सदैव रहिरहेकी छन् । आज उनकी आमा जन्मिएको दिन । दैनिक याद गर्ने नाजिरलाई आज अझ बढी उनको याद आएको छ । उनलाई आमाको ५१औँ जन्मदिनको याद आएको छ ।

आमाले हवाईजहाज चढाएर काठमाडौँ लैजान गरेको आग्रह याद आएको छ । र, आफ्नो किशोर मनले कागजको हवाई जहाज बनाएर आमाको नाम लेखेर आँगनमा दौडिँदै आमाको अनुहारमा मुस्कान कोरेको याद आएको छ ।

उनी सामाजिक सञ्जालमा प्रिय मीना बेगम सम्बोधन गर्दै लेख्छन् :-

प्रिय मीना बेगम…

तपाईँको ५१ औँ जन्मदिनको दिन को कुरा हो, मैले के उपहार दिऊँ त आमा भन्दा ?

मलाई एक पल्ट हवाई जहाज चढाएर राजधानी लग्दे’न कान्छा भन्नु भएको थियो ।

राजधानी नदेखेको यो १६ वर्षे ठिटोले कागजमा तपाईँको नाम लेखेर , हवाई जहाज बनाएर आँगनमा उडाउँदा गद गद हाँस्नुभएको अझै पनि मेरो मस्तिष्कमा ताजै छ ।

मैले हाँसिरहेको तपाईँलाई देख्दा – मलाई त्यै बेला पाइलट बन्न मन थियो ।

मेरो उमेर पनि तँलाई लागोस् है कान्छा !

हेर्नु त म आज हाम्रो घर पछाडिको बाँसको बोट जस्तै अग्लिएको छु , निहुरिएको छु ।

आफ्नो उमेर पनि मलाई दिने प्रिय आमा जी

तपाईँलाई जन्मदिनको अमर शुभकामना 🙏🏼

– तपाई सधैँ यतै कतै म सँगै हुनुहुन्छ ….

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *