तेस्रो पटक ‘सेतो धरती’ पढ्दै केकी

काठमाडौँ । अभिनेत्री केकी अधिकारी अमर न्यौपानेद्वारा लिखित पुस्तक ‘सेतो धरती’ तेस्रो पटक पढ्दै छिन् । उनले चलचित्र ‘बोक्सीको घर’ कै लागि पुस्तक पढिरहेको बताएकी हुन् ।

उनका फ्यानले हाल कुन पुस्तक पढ्दै हुनुहुन्छ ? भन्ने प्रश्न सोधेकोमा आफूले तेस्रो पटक ‘सेतो धरती’ पढिरहेको बताएकी हुन् । र, किन को जवाफका लागि उनले चलचित्र हेर्न आग्रह गरेकी छन् ।

यस चलचित्रका लागि उनले धेरै नै मेहनत गरेको देखिन्छ । कपाल मुण्डन समेत गरेकी उनको यो चलचित्र खास हुने अनुमान गरिएको छ । आफू चलेर पनि कुनै पनि चलचित्र चलाउन नसकेको आरोप उनीमाथि छ । चलचित्र ‘स्वर’मार्फत डेब्यु गरेकी अधिकारीका छ माया छपक्कै बाहेकका सबै चलचित्रले औसत व्यापार गरेका छन् ।

आफ्नै युट्युब च्यानलमा  फ्यानहरूको जवाफ दिँदै उनले आफूलाई ‘बौद्धिक नायिका’ को ट्याग भारी भएको समेत बताएकी छन् । ‘मलाई रमाइलो गर्न मन पर्छ’ भन्ने उनले बौद्धिक डेटको अपेक्षा गरेका फ्यानलाई यस्तो जवाफ दिएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *