फोहर नगरौं, सफा त्यसै हुन्छ (तस्बिरहरु)

नेवा लहना विश्व सरसफाई अभियानका अभियन्ताद्वारा उपत्यकामा सरसफाइ

काठमाडौं । हरेक वर्षायाममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ । विशेष गरेर वर्षात्‌ले पहिरो ल्याउने र सडक बिग्रने भएकाले उपत्यकावासी फोहोरको दुर्गन्धमा बस्‍न बाध्य छन् ।

त्यसमाथि नुवाकोटको सिसडोल पनि भरिँदैछ भने विकल्पको रुपमा अघि सारिएको नजिककै बञ्चरेडाँडाको काम पूरा भइसकेको छैन । दुई साताभन्दा बढी समयदेखि उपत्यकावासी फोहोरको डुंगुर र दुर्गन्धित वातावरणमा बस्‍न बाध्य छन् ।

बेला-बेला अभियान्ताहरुको सक्रियतामा सरसफाइको काम हुँदै आएको छ । यहीबिच ‘नेवा लहना विश्व सरसफाई अभियान’का अभियन्ताहरूले उपत्यकाका विभिन्न ठाउँमा सरसफाइ गरेको छ । अभियान्ताहरु राजमान मानव र सुशीला महर्जनको अगुवाइमा विभिन्न सरसफाइ अभियानहरूले सरकारले सरसफाइमा उदासीनता देखाएको भन्दै सांकेतिक विरोध स्वरुप आज रत्नपार्कमा भेला भएर सरसफाइ गरेका हुन् ।

अभियान्ताहरुले आज रत्नपार्क, जमल, ज्याठा, अस्कल, बालाजु हुँदै पैदल यात्रा गरि सिसडोलमा उक्त फोहोर विसर्जन गर्ने कार्यक्रम रहेको अभियान्ता राजमान मानवले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *