पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

काठमाडाैँ । मंगलबार बिहान साढे पाँच बजेदेखि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिङ सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

आँबुखैरेनी गाउँपालिका-४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । केहीबेर अघिदेखि सडकमा गाडी गुड्न थालेका प्रहरीले जनाएको छ।

सडक भन्दा माथिबाट खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सडकमा गाडी गुड्न थालेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए । जेसीबीको प्रयोग गरी पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *