एकीकृत समाजवादीको कास्की कमिटी गठन, आचार्य अध्यक्ष

पोखरा । नेकपा एमालेबाट टुक्रिएको पार्टी नेकपा (एकीकृत समाजवादी) ले कास्कीमा जिल्ला कमिटी गठन गरेको छ । माधव नेपालले फरक विचार राखेर आन्दोलिन बनेका बेला गठित समानान्तर समितिलाई नै नयाँ पार्टी कमिटीको मान्यता दिइएको हो । २०७७ चैत १९ गते कास्कीमा समानान्तर कमिटी बनेको थियो ।

अहिले पार्टी अलग हुँदा पनि सोही समितिलाई पार्टीमा एकीकरण गर्न लागिएको हो । कास्कीमा धनराज आचार्यको अध्यक्षतामा १८५ सदस्यीय कमिटी गठन भएको हो । आचार्य पिएन क्याम्पसका पुर्व स्ववियू सभापति हुन् भने लामो समय विद्यार्थी राजनीति गरेका थिए । सचिवमा होम नेपाली र सहसचिवमा पूर्ण लामाले जिम्मेवारी पाएका छन् ।

यस्तै पोखरा महानगर कमिटीको नेतृत्व मुक्ती पौडेलले गरेका छन् । सचिवमा सुशिल बस्नेत छन् । महानगरमा १४१ सदस्यीय कमिटी गठन भएको हो । कास्की नेपाल समूहका लागि कमजोर क्षेत्र हो । तथापी पूराना र पार्टीभित्र गनिएका नेताहरु पनि लागेकोले केहि धक्का भने अवस्य पुगेको छ । कास्कीबाट पुर्व सांसद तुलबहादुर गुरुङ, चुडामणी जंगली, श्रीनाथ बराल र दिलु पन्त केन्द्रिय कमिटी सदस्य नै बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *