दार्चुला बाढीपहिरो : हेलिकोप्टरमार्फत दुई जनाको उद्धार

धनगढी । दार्चुलामा बाढीपहिरोमा परेर घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।

जिल्लाको दुहु गाउँपालिका- ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर उपचारका लागि धनगढी ल्याइँदैछ ।

आइतबार राति आएको बाढीपहिरोमा परी जिल्लाको दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघु जलविद्युत् समेत बगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *