छायाङ्कनमा बलामीको ‘क्रिया पुत्री’  

काठमाडौँ । निर्देशक बाबु बलामीको निर्देशनमा वेब सिरिज ‘क्रिया पुत्री’ बन्ने भएको छ । सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको छ ।

शिवानी बलामीको प्रस्तुति रहेको सिरिजमा पिउस मगर, देव महर्जन, बद्री शाह, सौरभ नूतन, सिजन तिवारी, विकास थापा र मेनुका माझीको अभिनय रहनेछ । सिरिजमा आमाबाबुको निधनपछि क्रिया कर्म गर्ने एक नारी समाजमा कसरी अगाडि बढ्छिन्, भन्ने विषय देखाइने निर्देशक बलामीले बताएका छन् ।

शिवानी बलामी, रविराज आचार्य र बद्री शाह निर्माता रहेको सिरिजमा पारस कुँवरको लेखन, सौखिन तिमिल्सिनाको सम्पादन, जीवन श्रेष्ठको छायांकन, तर्कराज न्यौपानेको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र सुरेश पाण्डेको कोरियोग्राफी रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *