गगनको घोषणा:

महामन्त्रीको उम्मेदवार बन्ने गगनको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार (आज) कामपा वडा नं. ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘मेरो वडाका अग्रज, मेरा साथीहरुको बीचमा म बडो गौरबका साथ १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने घोषणा गर्दछु,’ नेता थापाले भने, ‘मेरो लागि योभन्दा ठूलो ठाउँ छैन । यो ठाउँबाट प्रारम्भ गरेको कुनै पनि काममा मैले असफलता पाएको छैन ।’

नेता थापाले १३औं महाधिवेशन दाङ पुगेर महामन्त्रीको उम्मेदवारीको घोषणा गरेका थिए । त्यसबेला कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए । उनका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार थिए ।

तर रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला निर्वाचित भएका थिए । थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने भन्ने भने टुङ्गिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *