को को बने मिस एन्ड मिसेस् इन्डिजिनियस ?

काठमाडौँ । ‘मिस एन्ड मिसेस् इन्डिजिनियस- २०२१’ को उपाधि नम्रता तामाङ र आशा थापाले जितेका छन् । एसके इन्टरटेनमेन्टको आयोजनामा गरेको प्रतियोगितामा सीता तामाङ फर्स्ट रनर अप, लक्ष्मी गुरुङ सेकेन्ड रनर अप र निरु राई थर्ड रनर अप भएका छन् ।

कार्यक्रममा अर्गनाइजर च्वईस क्रिष्टिना आले मगर, पब्लिक च्वइस शान्ता तामाङ, पपुलर रुपा थापामगर, पर्सनालिटी सिता तामाङ, कन्फिडेन्ट सपना तामाङ लोप्चन, वेस्ट वाक शान्ता तामाङ, वेस्ट स्माईल रुपा थापा मगर, फोटोजेनिक र ट्यालेन्ट आशा थापा, डिसिप्लेन पायल गहतराज, पङ्चुअल तथा फ्रेड्ली लक्ष्मी गुरुङ, बेस्ट स्कीन निरु राई, बेस्ट हेयर रेखा गुरुङ र इनोसेन्ट सुशिता तामाङले जित्न सफल भए ।

प्रतियोगिताको निर्णायकमा नायिका सञ्चिता लुइँटेल, रमला पाख्रिन, रोशन फ्युबा, जगत बराम, केशव थापा, सुमना गुरुङ, गायक निर्णय श्रेष्ठ र टेकराज पाण्डे रहेका थिए । आदिवासी जनजातिको कला संस्कृति भेषभूषा, रीति-रिवाज एवम् रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित आदिवासी जनजाति, गृहिणी/व्यावसायिक महिलामार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवर्द्धन र सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् । प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *