‘प्रेमगन्ज’को एउटै गीतमा ३० लाख खर्च

काठमाडौँ । राजु फुयाँलको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘प्रेमगन्ज’ को एउटै गीतमा ३० लाख खर्च भएको छ । छायाङ्कनमा यति खर्च लागेको गीतको अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ ।

फरेनहाईट क्लबमा तीन दिन छायांकन भएको यो गीतमा नायिका बेनिशा हमाल, सन्जोग रसाइली सँगै अन्य एक हजार जना झुमेका थिए । गीतको कोरियोग्राफी वाईल्डरिपर्ज ले गरेको हो । दीक्षा थापाको स्वरमा रहेको यो गीत पुरुषोत्तम ढुङ्गेलले लेखेका हुन् भने किरण भुसालले संगीत भरेका छन् ।

परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्रलाई सञ्जय लामाले छायांकन गरिरहेका छन् भने चलचित्रको कार्यकारी भूमिकामा अनन्तमान श्रेष्ठ छन् । यो चलचित्र चौतारीको ब्यानरमा निर्माण भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *