तेह्रथुम पावरको आईपीओमा झण्डै २४ लाख आवेदन

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा झन्डै २४ लाखले आवेदन दिएका छन् ।

कम्पनीको सेयर खरिदका लागि २३ लाख ८८ हजार ३ सय ३२ जना आवेदकले ३ अर्ब १० करोड ९२ लाख रुपैयाँ बराबरका ३ करोड १० लाख ९२ हजार ३० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आइतबारसम्म उक्त कम्पनीको सेयरमा आवेदन दिने म्याद थियो । यसमा केही आवेदन रद्ध समेत हुने भएको थपघट हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले भने जम्मा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता मध्ये ७ लाख ४४ हजार कित्ता मात्र सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

कम्पनीले स्थानीयका लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर छुट्याएको छ । कम्पनीले २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीमा र ५ प्रतिशत अर्थात ४० हजार किक्ता ससेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ ।

हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्काशनपछि चुक्ता पूँजी ४० करोड पु्ग्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *