नेप्से ४९ अंकले घट्याे, साढे १५ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भारी गिरावट देखिएको छ ।

यस दिन परिसूचक ४९.१८ अंकले घटेर ३०४५.२० विन्दुमा सीमित भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स समेत ८.५७ अंकले घटेर ५६२.८८ अंकमा समेटिएको छ ।

यस दिन १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५ सय ५ रुपैयाँमा २ सय २७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३ सय १३ कित्ता सेयर खरिद बिक्री भएको छ ।

यस दिन सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *