बाघकाे छालासहित तनहुँबाट ३ पक्राउ

पाेखरा । बाघकाे विभिन्न अङ्गसहित तनहुँबाट तीनजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तनहुँ प्रहरीकाे सहयाेगमा उनीहरूलाई व्यास ५ पतेनीबाट समातेकाे हाे ।

पक्राउ पर्नेहरूमा तनहुँ सिरुवारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, ओखल्दीका ४० वर्षीय सञ्जित गुरुङ र रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङ छन् ।

शंकाष्पद गतिविधि गरिरहेकाे आशंकामा छानबिन गर्दा बाघका विभिन्न अंगहरू फेला परेकाे थियाे । बाघको छाला, दाँत, हड्डी, खप्पर लगायत अंग फेला परेकाे तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।

बरामद भएका सामानहरू वन कार्यालय पठाइएकाे छ । अरुलाई नियमानुसार कारबाही प्रक्रिया थालिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *