हास्य टेलिचलचित्र ‘चल्दै छ’ प्रसारण सुरु

काठमाडौँ । हास्य टेलिचलचित्र ‘चल्दै छ’ प्रसारणमा आएको छ । टेलिचलचित्र हरेक शुक्रबार साँझ ७:३० बजे बिएमएचडी र शनिबार सवा एक बजे बुढा सुब्बाको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

बुढासुब्बा म्युजिक सेन्टर प्रस्तुतिमा निर्माण भएको टेलिचलचित्रमा माधव पण्डित, केशव सापकोटा, सुशीला निरौला (बिमली), अन्जु रुवाली, मारिया कार्की, पीएल श्रेष्ठ, सुरज महर, प्रतीक गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

मनीष गौतम र रिवाज दाहालको लेखन, नवराज गिरीको गीत र चेतन सापकोटाको संगीत रहेको टेलिचलचित्रमा गौरी मल्ल र चेतन सापकोटाको स्वर, किरण गिरीको सम्पादन, सम्रटा थापाको पार्श्व संगीत, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स र रङ्ग तथा विशाल प्रजापतिको छायांकन छ ।

नवराज गिरी र सरस्वती गिरी निर्माता रहेको टेलिचलचित्रमा रत्न जोशीको निर्देशन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *