किरण केसी र शशी शाह सम्मानित

काठमाडौँ । हास्य कलाकार किरण केसी (राता मकै) तथा कलाकार शशी शाहलाई नेपाली हास्यव्यङ्ग्य क्षेत्रका प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू प्रदान गरिएको छ । २०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार कलाकार शशीलाई प्रदान गरियो भने ०७७ सालको हास्यव्यङ्ग्य अभिनयतर्फको पुरस्कार केसीलाई प्रदान गरियो । यी दुवै पुरस्कारको राशि एक लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

साहित्यकार रोचक घिमिरेले वासुदेव विद्यादेव लुइँटेल गुठीका पदाधिकारीहरूको उपस्थितिमा शाह र केसीलाई पुरस्कार प्रदान गरेका हुन् ।  यसैबिच पुरस्कृत स्रष्टा केसीले पुरस्कारस्वरूप आफूले पाएको रकममध्ये ९० प्रतिशत समाजसेवामा खर्चने जानकारी दिए । सोही अवसरमा गुठीका अध्यक्षसमेत रहेकी लुइँटेलकी छोरी डाक्टर सुषमा आचार्यको ‘कसले सुन्छ मेरो आवाज’ उपन्यास र त्यसको अङ्ग्रेजी अनुवाद ‘हु विल हियर माई भ्वाइस’ को विमोचन समेत गरियो ।

कोरोना महामारीका कारण समयमा दिन नसकिएका यी दुई पुरस्कार शुक्रबार प्रदान गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *