एनआरएनए एसिया संयोजकमा कुँवरको उम्मेदवारी

सोल । गैरआवासीय नेपाली संघको आसन्न दशौँ केन्द्रीय महाधिवेशनका लागि एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय संयोजक पदमा दक्षिण कोरियाबाट बिनोद कुँवरले उम्मेदवारी दिने भएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको दुई कार्यकाल अध्यक्ष पद सम्हालिसकेका कुँवरले यसअघि एसिया क्षेत्र उपसंयोजकको रुपमा समेत काम गरेका छन् ।

दक्षिण कोरियालाई कार्यथलो बनाएका म्याग्दीका कुँवर एनआरएनएमा स्थापनाको शुरुवातदेखि नै सक्रिय छन् ।

एसियाली देशमा उल्लेख्य रुपमा विभिन्न सिलसिलामा नेपालीहरू पुगेकाले त्यहाँको विकास, नीति-नियम, जीवनशैलीलगायतका कुराहरू प्रत्यक्ष देख्ने अवसर पाएको अवस्थामा त्यही सिको गर्दै नेपालमा समेत तीव्र विकास गर्न सकिने सम्भावनाको सेतु बन्न आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

संस्थागत सबलीकरणको माध्यमबाट सञ्जाल विस्तार गर्दै समावेशी र पारदर्शी संस्था निर्माण गर्न, सुरक्षित‚ मर्यादित एवम् व्यवस्थित वैदेशिक रोजगारीको वातावरण मिलाउन, समृद्ध नेपालका लागि ज्ञान‚ सीप र प्रविधि हस्तान्तरणको वातावरण बनाउन तथा स्थानीय उद्यमशिलता प्रवर्द्धन र स्थानीय स्तरमै रोजगारीको सिर्जना गर्न आफूले विशेष पहल गर्ने योजना बनाएको उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *