डीआर उपाध्यायको ‘पद्म श्री’ पाउने धोको

काठमाडौँ । गीतकार डीआर उपाध्यायले थप सात विश्व कीर्तिमान कायम गरेका छन् । बिहीबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उपाध्यायलाई विभिन्न सात विश्व रेकर्डहरू हस्तान्तरण गरेका छन् । योसँगै उपाध्यायले ५९ वटा विश्व रेकर्ड राखेका छन् ।

कार्यक्रममा गीतकार सङ्घका पूर्वअध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय साहित्य समाजका पूर्वअध्यक्ष राधेश्याम लेकालीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै गीतकार उपाध्यायले भने‚ ‘मैले विभिन्न रेकर्ड राखेर कलाको माध्यमबाट देशको नाम विश्वमा चिनाएको छु । तर, हामीलाई राज्यले कुनै खालको सम्मान दिएको छैन । राज्यले मन्त्री र नेताका नजिक भएका मानिसलाई राष्ट्रपतिको हातबाट प्रदान गर्ने सम्मान दिएको छ । तर, हामीजस्ता स्रष्टालाई बेवास्ता गरेको छ ।’

उनले आफ्नो धोको भारतको प्रतिष्ठित अवार्ड ‘पद्म श्री’ पाउने रहेको बताउँदै उनले यसका लागि आफूले तयारीसमेत गरिरहेको र विभिन्न चरण पास भइसकेको समेत जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री यादवले उपाध्यायले कलाको माध्यमबाट राज्यलाई ठुलो गुन लगाएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *