नवलपुरमा पहिरोले घर पुर्‍यो, ३ जना बेपत्ता

पोखरा । अविरल वर्षाका कारण गण्डकी प्रदेशअन्तर्गत नवलपुरको हुप्सेकोटमा पहिरो झरेर एक घर पुरिएको छ । हुप्सेकोट– ४ माथिल्लो चारघरेमा स्थानीय हस्तबहादुर पुलामीको घर पूर्ण रुपमा क्षति भएको हो ।

पहिरोका कारण उनको श्रीमती र २ नातिनीहरु बेपत्ता भएका छन् । पुलामीसहित ४ जना पहिरोमा पुरिएकोमा उनलाई उद्धार गरी उपचारमा पठाइएको छ । उनकी श्रीमती ४० वर्षकी धनमाया पुलामी र नातिनीहरु ७ वर्षकी भूमिसरा पुलामी तथा ६ वर्षकी देउमाया पुलामी बेपत्ता भएकी हुन् ।

उनीहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । पहिरोले डुम्रे बेसीसहर सडकखण्डअन्तर्गत ठाउँठाउँमा सडक अबरुद्ध भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *