पोखराका पर्यटन व्यवसायी भट्टराई कांग्रेस प्रवेश

पोखरा । पोखराका पुराना पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी पोखराका पूर्व उपमेयर पनि हुन् । लामो समय राप्रपाको राजनीति गरेका भट्टराई पछिल्लो समय स्वतन्त्र थिए ।

उनीसहित पर्यटन व्यवसायी तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पनि प्रवेश गरेका छन् । साथै पोखराका स्थापित व्यक्तिहरु धर्मेन्द्रकुमार बाटाजु, अशोकुमार भण्डारी, जीवन भट्टराई, ई. विकास भट्टराई, ई. विशेष थापा, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई र आशिष भट्टराई एकैपटक कांग्रेस प्रवेश गरेका हुन् ।

लोकतन्त्रको लागि कांग्रेसमा लागेको भट्टराईले बताए । ‘कांग्रेस लोकतन्त्रका लागि लडेको पार्टी हो । सबै युवाहरु लोकतन्त्रमा विश्वास गर्छन्,’ उनले भने, ‘यहि पार्टीबाट देशको विकास गर्न सकिएला भन्ने विश्वास छ । त्यसैले यता लागें ।’ उनले कांग्रेसको राजनीतिबाट पोखराको पर्यटन र खेल क्षेत्रमा योगदान गरिरहने बताए ।

केहीले उनलाई पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारका रुपमा पनि अथ्र्याएका छन् । तर अहिले कुनै सम्झौताबाट पार्टी प्रवेश नगरेको भट्टराईको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *