एक वर्षमा ७० प्रतिशतले बढ्यो कच्चा तेलको मूल्य

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम (क्रुड आयल)को मूल्य एकै वर्षमा ६९.५ प्रतिशतले बढेको छ ।

२०७७ असार मसान्तसम्म प्रति ब्यारेल ४३.९६ अमेरिकी डलर रहेको कच्चा पेट्रोलियम (क्रुड आयल) को मूल्य २०७८ असार मसान्तमा ६९.५ प्रतिशतले बढेर ७४.५३ अमेरिकी डलर पुगेको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एक वर्षमा १.१ प्रतिशतले बढेको छ ।

२०७७ असार मसान्तमा प्रतिआउन्स सुनको मूल्य १ हजार ८ सय ४ दशमलव ६० अमेरिकी डलर रहेको थियो । २०७८ असार मसान्तसम्ममा उक्त मूल्यमा १.१ प्रतिशतले वृद्धि भई १ हजार ८ सय २३ दशमलव ७५ अमेरिकी डलर पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =