म्याग्दीको राहुघाट थुनियो, ठूलो संकट आउनसक्छ !

पोखरा । म्याग्दीको राहुघाट नदी थुनिएको छ । बिहीबार बिहान रघुगंगा गाउँपालिकास्थित रायखोरमा पहिरो खसेर नदी थुनिएको हो । वडा नम्बर ६ र ७ को सीमाना गौडामुनी भन्ने ठाउँमा पहिरो खसेको स्थानीयले बताएका छन् ।

पहिरो खसेर तलाउ बनेपछि स्थानीयहरुले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका छन् । पालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पहिरो खसेर ताल बनेको र त्यसले गलेश्वर भन्दा तल्लो क्षेत्रमा बढी क्षति पुग्न सक्ने छ । ‘थुनिएको ठाउँमा बस्ती छैन । त्यसले सीधै गलेश्वरमा असर पर्छ,’ उनले भने, ‘हामीले तल्लो तटीय क्षेत्रमा जानकारी गराइसकेका छौं ।’

पानी तालिएर माथीबाट बग्न थालेको उनले बताए । यद्यपि जोखिम भने उच्च छ । ‘पानी त बगिरहेको छ । तर सानो हलचल हुने बित्तिकै माथीको पूरै डाँडो खसेर नदी थुनिन सक्छ,’ उनले भने, ‘डाँडाहरु पुरै धुजाधुजा भएर फाटिएका छन् । त्यो एकैपटक झर्दा ठूलो संकट आउँछ ।’

२०५७ सालमा पनि पहिरोका कारण त्यहाँबाट ४८ घर विस्थापित भएका थिए । राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो । तटीय क्षेत्रमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह, ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँध निर्माणाधिन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *