वीरेन्द्रनगरमा जेसीजको क्षेत्र ‘घ’ सम्मेलन हुँदै

सुर्खेत । जेसीजको क्षेत्र ‘घ’ सम्मेलन वीरेन्द्रनगरमा हुने भएको छ । नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको आतिथ्यतामा भदौ ११ देखि १२ गते उक्त सम्मेलन हुन लागेको हो ।

सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मेलन निर्देशक नन्द बीसीले जानकारी दिए । आयोजकले बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्ने र कोरोना महामारीका कारण सम्मेलन भौतिक उपस्थिति र जूममार्फत हुने आयोजकले जनाएको छ ।

भौतिक रुपमा सीमित व्यक्तित्वहरूलाई मात्रै उपस्थित गराइने जनस्वास्थ्यका मापदडलाई पूर्ण रुपमा पालना गर्दै कम संख्यामा भौतिक रुपमा र भचुर्अल रुपमा संचालन गरिने बीसीको भनाइ छ । कोरोनाका कारण शाखा अध्यक्षहरूलाई अनिवार्य भौतिक रुपमा उपस्थित र सदस्यहरुलाई जूममा सहभागी गराइनेछ ।

शाखाहरुबाट अध्यक्ष र भर्चुअल रुपमा क्षेत्र ‘घ’ का ६ सय बढी यूवाहरू सहभागी गराइने आयोजकले जनाएको छ ।

नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले सम्मेलनले १८ वर्षदेखि ४० वर्षमुनिका युवालाई सकारात्मक सन्देशका साथ नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुग्ने बताए । कर्णाली प्रदेशलाई पर्यटकीय हिसाबले देशभरि परिचित गराउने अपेक्षा गरिएको उनको भनाइ छ । नेपाल जेसीजले प्रत्येक वर्ष सम्मेलन आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *