नेप्सेमा गिरावट कायमै, कारोबार रकम घटेर १३ अर्बमा सीमित

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) ४८.४२ अंकले घटेको छ । यसअघि मंगलबार ५६.०३ अंकले घटेकाे परिसूचकमा बुधबार पनि ठूलाे गिरावट देखिएकाे हाे ।

बुधवार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.५५ प्रतिशतले घटेर ३०७६.४४ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ९.६७ अंकले घटेर ५६७.९९ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचकहरू घटेका छन् ।

त्यस्तै, २ सय २७ कम्पनीका १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९२ करोड १० लाख ३ हजार ५ सय ४ रुपैयाँको खरिद बिक्री भएको छ । यसअघि मंगलबार भने १६ अर्ब १२ कराेड रूपैयाँकाे सेयर कारबार भएकाे थियाे ।

यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड १० प्रतिशतले र आईसीएफसी फाइनान्स लिमिटेडको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *