‘क्या जमाना आ’ को दोस्रो सिजन सुरु

काठमाडौँ । हास्य सिरियल ‘क्या जमाना आ’को दोस्रो सिजन शुरु भएको छ । गत सोमबारबाट सिरियलको दोस्रो सिजन शुरु भएको सिरियलको पहिलो सिजन करिब एक सय भागमा पुगेर सकिएको थियो । लेखक तथा निर्देशक सिपी पुडासैनी ‘धतुरे’ ले दोस्रो सिजन पहिलो भन्दा केही फरक हुने बताए ।
https://www.youtube.com/watch?v=lbucj-rANZY
केशव सापकोटा श्रृखंला निर्देशक रहेको सिरियलमा सिपी पुडासैनी, केशव सापकोटा, शेखर चापागाईँ, जोसना सुवेदी, सीताराम दाहाल, एलिना श्रेष्ठ, दीपु खड्का, जगदीश अधिकारी, रश्मि श्रेष्ठ, रोमा विष्ट, आयुसा कार्की, श्याम कार्की, नवीन निरौला लगायतको अभिनय रहनेछ ।
शर्मिला चौलागाईं निर्मात्री रहेको सिरियल मातापिता प्रोडक्सनको ब्यानरमा बनेको हो । सिरियल काभ्रेको पात्ले खेतमा छायाङ्कन भएको छ ।
सिरियल योहो टेलिभिजन र चिरञ्जीवी प्रसाद प्रसाईँ युट्युब च्यानलबाट प्रसारण हुन्छ।








