प्रदेश सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री सहयोग

पोखरा । प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड नियन्त्रण र न्यूनीकरणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । अमेरिकाबाट आएको सामग्री मंगलबार एक कार्यक्रमका बीच प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरेकी हुन् ।

करिब ८५ लाख रुपैयाँ बरारबरको गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जालगायतका सामग्री प्रदान गरिएको हो ।

प्राप्त सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्राप्त सहयोगले गण्डकीको कोभिड नियन्त्रणमा सहज हुने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाइन् ।

प्रतिष्ठानले अमेरिकाका विभिन्न संस्थाहरूसँग पहल गरी स्वास्थ्य सामग्री मगाएको उनले बताइन् । झन्डै ५ करोडका सामग्री चार्टर फ्लाइटमा नेपाल ल्याइएको थियो । २०६० सालामा स्थापित प्रतिष्ठानले स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *