भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिनपछि सबैभन्दा कम

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिनपछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यससँगै भारतमा कुल सङ्क्रमितको संख्या तीन करोड २४ लाख ७४ हजार ७७३ जना पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या ३० हजारदेखि ४० हजारको बीचमा रहँदै आएकोमा अहिले २५ हजारको हाराहारीमा झरेको मंगलबार जनाएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्या कम भएपछि भारतका कोरोना भाइरसको महामारी नियन्त्रण उन्मुख हुँदै गएको भन्दै धेरैले खुसी व्यक्त गरेका छन् ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३९ हजार ४८६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोनामुक्त सङ्ख्या तीन करोड १७ लाख २० हजार ११२ पुगेको सो मन्त्रालयले जनाएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seventeen =