नेप्सेमा पहिरो, कारोबार रकम भने १६ अर्बभन्दा बढी

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मगंलबार सेयर बजार परिसूचक (नेप्से) ५६.०३ अंकले घटेको छ ।

मगंलबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.७६ प्रतिशतले घटेर ३१२४.८७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने १२.८१ अंकले घटेर ५७७.६६ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ उपसमूहको सूचक मात्र बढेको छ भने अन्य ११ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै, २ सय २५ कम्पनीका २ करोड ५३ लाख १६ हजार ८ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ रुपैयाँको खरिद बिक्री भएको छ ।

यस दिन गोर्खा फाइनान्स लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

खास गरी जलविद्युत् समूहकाे सूचक घट्दा समग्र परिसूचकमा त्यसकाे प्रभाव बढी परेकाे छ । अधिकांश जलविद्युत् कम्पनीकाे सेयर मूल्य यस दिन घटेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *