एकैरात ६ सय कालिज मरे

पोखरा । लगातारको वर्षातका कारण पोखरामा एकैरात ६ सय भन्दा बढी कालिज मरेका छन् । पोखरा ११ काहुँको ससु कालिज फार्ममा पालिएका ६ सय ११ कालिज एकैरात मरेका हुन् ।

बेच्ने बेलाका कालिज पानीकै कारण मरेको फार्मका सञ्चालक सुवास गुरुङले बताए । ९६ दिनसम्म बन्द कोठामा हुर्काइएका कालिज अघिल्लो दिन खुला आकाशमुनी छोडिएको थियो । ‘९ सय ३० वटा चल्ला ल्याएको हुँ । १ सय ७० वटा हुर्काउने बेलैमा बचाउन सकिएन । करिब ३ सय मात्रै जिउँदा छन्, सबै मरे,’ उनले भने, ‘दुःख गरेर व्यवसाय गरेको थिएँ । अब पाल्ने जाँगर पनि मर्‍यो ।’

कालिजको चल्ला नै निकै महंगो पर्छ । उनले ११ सय प्रतिगोटा चल्ला किनेका थिए । पोखरामा कालिज पालन फस्टाएको छ । युवा पुस्तामा कालिज पालन आकर्षण बढेको छ । एकैरात १७ लाख भन्दा बढी क्षति भएको गुरुङले बताए । लामो समय थुनेर पालिएका कालिज एकैपटक अविरल वर्षाको पानीमा परेपछि चिसोका कारण मरेको हुन सक्ने पशु प्राविधिकहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *