कङ्गना अभिनीत ‘थलाइवी’ प्रदर्शन मिति तय

एजेन्सी । कङ्गना रनावट अभिनीत चलचित्र ‘थलाइवी’ को प्रदर्शन मिति तय भएको छ । कोरोना भाइरस महामारीका कारण पटक-पटक रिलिज मिति सरेको चलचित्र अब भने सेप्टेम्बर १० मा रिलिज हुने पक्का भएको हो ।

कङ्गनाले चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एक प्रतिष्ठित व्यक्तिको कथा ठूलो स्क्रिनमै देखाउनु उचित हुन्छ । अब थलाइवी रिलिज हुनका लागि पूर्ण रूपमा तयार छ । १० सेप्टेम्बरमा चलचित्र घरहरूमा रिलिज हुनेछ ।’

‘थलाइवी’ तमिलनाडुकी पूर्व मुख्यमन्त्री जे जया ललिताको बायोपिक हो । जया ललिता अभिनेत्री समेत हुन् । कङ्गनाले चलचित्रमा उनको भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा अरविन्द स्वामी, नसर, भाग्य श्री, राज अर्जुन र मधु बालाको समेत मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *