किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा एकजना पक्राउ

पोखरा । कास्कीमा किशोरी हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । घटनामा संलग्न आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका- ६ चालिसे बस्ने ४५ वर्षका खड्कबहादुर खवास पक्राउ परेका हुन् ।

मादी ९ सिप्लिबेशी घर भई मकै खोला स्थित मामाको घरमा बस्दै आएकी १७ वर्षीया कोपिला परियारको शव २०७७ असार २५ गते पातिघारीमा फेला परेको थियो ।

खवासलाई स्याङ्जा प्रहरीको सहयोगमा भदौ ६ गते पक्राउ गरेर कास्की ल्याइएको र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कास्की अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *