र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ हुँदै

काठमाडौँ । र्‍याप गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ हुने भएको छ । नेपालका केही ठुला सहरहरूमा गएर अडिसन गर्ने आयोजकको तयारी छ । साथै कोरोनालाई मध्यनजर गर्दै इच्छुकले डिजिटल अडिसनबाट पनि भाग लिन सक्नेछन् ।

शोमा निर्णायकको रूपमा र्‍यापर बालेन शाह र गिरिस खतिवडासँग सम्झौता भएको छ भने एक जना जजसँग भने कुरा भइरहेको जानकारी प्राप्त भएको छ ।

डिसहोम र मिडिया एकेडेमीको सहकार्यमा शो हुन लागेको हो । भोटिङ पार्टनरको रूपमा आएमइ पे रहेको छ भने डिसहोम फाइबर नेट र आईएमई रेमिट सहयोगी प्रायोजकको रूपमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *