गर्भावस्थामा नेहाको व्यस्तता

एजेन्सी । बलिउड अभिनेत्री नेहा धुपिया दोस्रो पटक आमा बन्ने भएकी छन् । नेहाले आफ्नो अघिल्लो पटकको गर्भावस्थाको अन्तिम दिनसम्म छायाङ्कन गरेकी थिइन् । त्यस्तै यस पटक पनि उनी आफ्नो गर्भावस्थाको अन्तिम चरणमा फेरि आगामी एक्सन चलचित्र ‘सनक’को डब गर्न स्टुडियो पुगेकी छन् । नेहालाई सास फेर्न समस्या हुनुका साथै कम्मर दुख्ने भइरहेको भए पनि उनले आफ्नो काम पूरा गरेकी छन् । यो अनुभव उनले सामाजिक सञ्जालमार्फत सेयर गरेकी छन् ।

सामाजिक सञ्जालमा डबिङ गर्दै गरेका तस्बिरहरू सार्वजनिक गर्दै नेहा लेख्छिन्, ‘गर्भावस्थाको तेस्रो चरणमा डबिङ गर्नु फरक काम हो । जब म यस चलचित्रको छायाङ्कन गर्दै थिएँ, मलाई थाहा थिएन कि म यो अवस्थामा पुनः काममा फर्कनेछु । शारीरिक पीडाका बिच थकाइ मार्दै काम निरन्तर गर्नुको विकल्प मसँग थिएन ।’

नेहा अगाडि लेख्छिन्, ‘मलाई डबिङ गर्न मनपर्छ, यसले सन्तुलित वातावरणमा केही पुनः सिर्जना गर्ने अवसर दिन्छ । तर आफू गर्भवती भएका बेला सबै काम फरक तरिकाले गर्नुपर्छ । यो ‘सनक’को कलाकार र निर्माण टिमका लागि हो । मलाई यो चलचित्रको एक हिस्सा बनाउनु भएकोमा धन्यवाद । यसको परिणाम हेर्नका लागि म आतुर छु ।’

विपुल शाह निर्मित एक्सन चलचित्र सनकमा विद्युत् जामवाल, नेहा धुपिया, रुक्मणी मैत्रा र चन्दन राय मुख्य भूमिकामा देखिनेछन् । चलचित्र कनिष्क वर्माद्वारा निर्देशित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *