मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, ३ जनाले पाए ११/११ कित्ता

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बिहान बाँडफाँट भएको हो ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण भएको छ । गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी ३ जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन् । लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदक मध्ये ९८.४७ प्रतिशत आवेदकले शेयर पाएनन् ।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *