मुकुन्दलाई आर्थिक सहयोग

काठमाडौँ । नेपाली चलचित्रका खलनायक तथा नेपाल चलचित्र कलाकार सङ्घको अनुशासन समितिका संयोजक मुकुन्द थापालाई चलचित्र विकाश बोर्डको चलचित्रकर्मी कल्याण कोषबाट सहयोग प्रदान गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच बोर्डका अध्यक्ष दयाराम दाहाल तथा कोषकी संयोजक वसुन्धरा भुसालले एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

कोषले स्थापना कालदेखि नै गम्भीर प्रकृतिको रोग लागेका चलचित्रकर्मीहरूलाई सहयोग रकम उपलब्ध गराउँदै आएको छ । थापालाई नेपाल चलचित्र कलाकार सङ्घको सिफारिसमा कोषले सहयोग उपलब्ध गराएको हो । रकम हस्तान्तरण समारोह थापाको निवास पनौतीमा गरिएको थियो ।

कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष रवीन्द्र खडका, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, वरिष्ठ अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र सङ्घका उपमहासचिव गोपाल काजी कायस्थ, निर्माता निर्देशक राज मानन्धर, समीर लामा, नवीन लामा लगायतका उपस्थिति रहेको थियो । थापाको हालै मात्र घाँटीको सफल शल्यक्रिया भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *