ठूलीदहमा डुबेर दाजुभाइको मृत्यु

काठमाडौँ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका -७ को ठूलीदहमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । मुसीकोट नगरपालिका -१ सल्लेका २१ वर्षीय भीमबहादुर थापा र १७ वर्षीय प्रेम थापाको मृत्यु भएको हो ।

साथीहरूसँग घुम्नका लागि ठूलीदह पुगेका उनीहरु दहमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो करिब साढे १ बजेतिर डुबेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले डुबेको करिब तीन घन्टापछि अपराह्न ४स् २० बजेतिर दाजुभाइको शव निकालेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार उनीहरूको शव दहभित्रको दलदलमा फसेको अवस्थाबाट निकालिएको हो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *