सुरविना अभिनित ‘म कमरेड’ को पोस्टर सार्वजनिक

काठमाडौँ । अभिनेत्री सुरविना कार्की अभिनित लघु चलचित्र ‘म कमरेड’ को फर्स्ट लुक सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सुरविनाको हालसम्मकै भिन्न भूमिका रहेको अनुमान गर्न सकिन्छ । सुरबिना चलचित्रमा कमरेडको भूमिकामा देखिने छिन् ।

चलचित्रमा सुरबिनासँगै प्रेम देव गिरि, रियल विक्रमलगायतको अभिनय रहेको छ । चलचित्रको लेखन तथा निर्देशन निर्मल पौडेलले गरेका हुन् ।

काफिया मिडिया सेन्टर र निर्मल प्रोडक्सनको ब्यानरमा निर्माण भएको लघु चलचित्रका निर्मातामा रिता पौडेल, गणेश कञ्चन भारती हुन् भने कार्यकारी निर्माता धिरेन चन्द रहेका छन् । निसाल पौडेलले खिचेको चलचित्र भीम विश्वकर्माले सम्पादन गरेका छन् । पोस्टर डिजाइन नीरज पौडेलले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *